प्रतिनिधीसभा सदस्यसँग छलफल

भूमि व्यवस्था, सहकारी र गरिवी निवारण मन्त्रालयले आयोजना गरेको प्रतिनिधी सभा सदस्यहरुसँगको प्रदेशस्तरीय छलफल सम्पन्न भयो । मा. मन्त्री पद्माकुमारी अर्यालले आयोग गठनको सन्र्दभ र मन्त्रालयले विगतमा गरेका र आगामी दिनका कार्यक्रमबारे प्रकाश पार्नुभयो । भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी प्रसाद ज्ञवालीले आयोगको जिम्मेवारी पुरा गर्न लिने रणनीतिको विषय स्पष्ट गर्नु भएको थियो । भूमि, सहकारी र गरिवी निवारणका सम्बन्धमा प्रतिनिधीसभा सदस्यहरुले महत्वपूर्ण सुझाव दिनु भएको छ ।