भूमि आयोग, आगामी कार्यक्रम र समसामियक विषयमा बैठक

६ जेठ २०७७

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको आयोजनामा भूमि आयोग गठन, आगामी कार्यक्रम र समसामयिक विषयमा छलफल गर्ने उद्देश्यले भर्चुअल बैठक सम्पन्न भएको छ । बैठकमा सबै प्रदेशका भूमि, कृषि तथा सहकारी मन्त्रीहरु, भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष र सदस्यहरु, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिब केदार न्यौपाने लगायत वरिष्ठ अधिकारीहरु सहभागी हुनु भएको थियो ।